Sunday, 19 April 2026
×
राजनीति
   

पुर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने बारे प्रचण्डले के भने ?

१५ चैत्र २०८२, आइतवार

पुर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने बारे प्रचण्डले के भने ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको विषय भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा उठाएको बताउदै भने- 'हामीले भनेकै कुरा हो । मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु । पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो ।'

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजनीतिक पूर्वाग्रह नराखी अनुसन्धान हुनुपर्ने बताए । उनले राजनीतिक पूर्वाग्रह नराखी स्वतन्त्र ढंगले छानबिन हुनुपर्ने बताए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *