Sunday, 19 April 2026
×
राजनीति
   

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

१५ पुष २०८२, मंगलवार

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ ।

मंगलबार प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम महिला राष्ट्रपति भण्डारीबीच समयसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो । 

पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपति भण्डारी एमालेबाट सक्रिय राजनीतिमा होमिने घोषणा गरेपनि एमालेले तत्काल बन्देज लगाएपछि सक्रिय हुन सकेकी छैनन् । यसैगरी कांग्रेसका पूर्वनेता यादव भने राजनीतिबाट बाहिरका कार्यक्रममा सहभागी हुदै आएका छन् ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :