Thursday, 23 April 2026
×
राजनीति
   

राप्रपाले समानुपातिक उम्मेदवार छान्दै

१ चैत्र २०८२, आइतवार

राप्रपाले समानुपातिक उम्मेदवार छान्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो । बैठकले  पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका चार सांसदको नाम सिफारिस गर्ने एजेण्डा रहेको छ ।

समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको राप्रपाले चार सांसद पाएको छ । प्रत्यक्षतर्फ भने राप्रपाले केवल एक सिट मात्र जितेको छ । 

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद सिफारिस गर्न आजसम्मको समय दिएको छ  ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *