Sunday, 19 April 2026
×
राजनीति
   

रास्वपा केन्द्रीय समितिबाट बालेनसँगको सहमति अनुमोदन

१४ पुष २०८२, सोमवार

रास्वपा केन्द्रीय समितिबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  बालेन शाहसँग भएको बृहत एकतासम्बन्धि सहमति  केन्द्रीय समितिबाट अनुमोदन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन शाहबीचको 'बृहत एकता' सम्बन्धि सहमति' अनुमोदन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

रास्वपाले यो सहमति राष्ट्रहितका लागि बृहत आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकमा व्याप्त भ्रष्टाचार, वेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्याय सहितको अवस्था स्थापना गर्ने दिशातर्फ उन्मुख हुने अपेक्षा गरेको स्पष्ट गरेको छ । 

साथै रास्वपाले बृहत एकता सम्बन्धी सहमति सम्मानसाथ पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :