रास्वपा सहमहामन्त्री आचार्य समानुपातिक सूचीबाट बाहिरिए, प्रत्यक्ष निर्वाचन लड्ने घोषणा
२७ पुष २०८२, आइतवार
२७ पुष २०८२, आइतवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
सहमहामन्त्री आचार्य रास्वपाको समानुपतिको बन्दसूचीमा शिर्ष स्थानमा रहेका थिए । आफै समानुपातिक उम्मेदवार छनौट समितिको संयोजक भएर आफै एक नम्बरमा सिफारिस गरेको भन्दै पार्टी भित्र र बाहिर कडा आलोचना भएको थियो ।
आचार्यले आफ्नो नाम समानुपातिक सूचीवाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले भनेका छन्- 'पार्टीभित्रको आन्तरिक बेथिति होस वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ। देशले विश्वास गर्ने फेस बन्न जरुरी हुन्छ। ब्याकफुटको लडाई लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन् त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने। समानुपातिक तर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्ष तर्फको यात्रा अघि बढाउँदैछु। साथ र सहयोगको अपेक्षा गर्दछु ।'
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio