Sunday, 19 April 2026
×
राजनीति
   

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

२० पुष २०८२, आइतवार

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

रास्वपाले आज दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टी समायोजन, बिस्तार एवं सुदृढीकरण बारे छलफल र निर्णय लिइने एजेण्डा रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गरेको छ ।  जस अनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछिको वरियता दिदै उपसभापति दिइएको छ भने बालेन शाह पक्षका केहि नेतालाई पदाधिकारीमा ल्याइने तयारी भएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :