रास्वपाको केन्द्रीय समितिको बैठक सुरु
२० पुष २०८२, आइतवार
२० पुष २०८२, आइतवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
यस बैठकले रास्वपाको बालेन शाह र कुलमान घिसिङसँग भएका सहमतिलाई कार्यान्वयन गर्नसक्ने बताइएको छ । प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुने बताएका छन् ।
रास्वपाले सहमति अनुसार बालेन शाह र उज्यालो नेपाल पार्टीका नेताहरुलाई पदाधिकारी र केन्द्रीय समितिमा समेट्ने बताइएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio