Tuesday, 21 April 2026
×
राजनीति
   

रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदै

३ चैत्र २०८२, मंगलवार

रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिवसीय अभिमुखीकरण कार्यक्रम आज समापन हुदैछ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम मंलगबारदेखि शुरु भएको थियो ।

आज हुने समापन कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसमेत सहभागी हुनसक्ने उपसभापति डिपी अर्यालले जानकारी दिएका छन् ।

अभिमुखीकरण कार्यक्रममा समुहमा छलफल, संसदको संरचना, अधिकार र जिम्मेवारी बारे प्रशिक्षण, कानुन निर्माणको प्रक्रियामा सांसदको भूमिका, चुनावी प्रतिवेदन प्रस्तुत र छलफल, विभिन्न विषय विज्ञहरुको प्रस्तुति लगायतका कार्यक्रम रहेको जानकारी दिइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *