Sunday, 19 April 2026
×
राजनीति
   

रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी दिने समय आज सकिदै

२६ पुष २०८२, शनिवार

रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी दिने समय आज सकिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रियाका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पौष २६ गते (आज) राति १२ बजे सम्म तोकेको छ । 

उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने जनाएको छ । उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ । साथै आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, पार्टी पालिका समितिबाट जारी सिफारिस पत्रका आधारमा सचिवालयले अन्तिम निर्णय गर्ने जनाएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :