रास्वपाको समानुपातिक सूचीप्रति कोशीकी कार्यवाहक अध्यक्ष गोमा तामाङको असन्तुष्टि
२ चैत्र २०८२, सोमवार
२ चैत्र २०८२, सोमवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले समानुपातिक सूचीप्रति असन्तुष्टि पोखेकी छन् । रास्वपाले ५७ जान समानुपातिक सांसद सिफारिस गरेकोप्रति कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कोशीको हकमा पहाडी भूगोल छुटाउन नहुने सुझाव दिएको बताउदै सूचीमा आउनु पर्ने नाम नआउनु अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न नसकिने उल्लेख गरेकी छन् । उनले जान्नेलाई छान्ने लहडमा ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङको नाम छुटाइएको बताएकी छन् ।
उनले भनेकी छन्-
मैले कोशिको हकमा पहाडी भुगौल समेट्न पर्छ, छुट्नु हुन्न भनेको थिए छनौटको समयमा । जान्नेलाइ छान्ने लहडमा पर्नुपर्ने नाम थियो ओखलढुंगाको बगरहरुमा घन्टी बोकेर पहिलो उम्मेदवार जसले सानो नानी चेपेर रा स्व पा को बीउ रोपेको थियो २०७९ मा वहाँ थियो शोभा कार्की खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानि सत्याकला राई वहाँको नाम किन आएन ? पर्नुपर्ने नाम थियो ताप्लेजुङ कि मिरा लाबुङ वहाँको नाम न आउनु पार्टीले कोशिको भौगोलिकता र जातिय कलस्टरलाइ समेट्न नसक्दा अबका दिनहरुमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न । र अर्को कुरा समुदायको ब्यक्ति बिशेषहरु केन्द्रिय नेताज्युहरुको वरपर नजीक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु बिडम्बना दु:खद छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio