Tuesday, 21 April 2026
×
राजनीति
   

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम आज सकिदै, सभापति लामिछानेले समापन मन्तव्य दिने

४ चैत्र २०८२, बुधवार

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम आज सकिदै, सभापति लामिछानेले समापन मन्तव्य दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज जारी रहेको छ । 

आज कार्यक्रमको दोस्रो दिन सरकार संचालनको प्रक्रिया, योजना तथा बजेट निर्माण, सुशासनको अवधारणा र अभ्यास, पार्टी र सांसदको सम्बन्ध, एजेण्डा निर्धारण जस्ता विषयमा विभिन्न व्यक्तिहरुले प्रस्तुति दिने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

त्यस्तै आज दिउसो हुने समापन कार्यक्रममा सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्रथामिकता बारे सम्बोधन गर्ने बताइएको छ । त्यस्तै कार्यक्रममा वरिष्ठ नेता बालेन शाहको सहभागिताको बारेमा स्पष्ट जानकारी दिइएको छैन ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *