Thursday, 23 April 2026
×
राजनीति
   

रास्वपाले समानुपातिक सांसद छान्न सचिवालयको बैठक भर्चुअल बस्ने

१ चैत्र २०८२, आइतवार

रास्वपाले समानुपातिक सांसद छान्न सचिवालयको बैठक भर्चुअल बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूको नामावली आजै  टुंग्याउने भएको छ ।

पार्टी सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ । सभापति रवि लामिछाने अस्वस्थ भएका कारण आजको बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको जानकारी दिएका छन् । उनले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए । 

उनले भने- 'औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल पनि भएको छैन ।निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।'

सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उनले बताए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *