Tuesday, 21 April 2026
×
राजनीति
   

रास्वपाले वरिष्ठ नेता बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने

६ चैत्र २०८२, शुक्रवार

रास्वपाले वरिष्ठ नेता बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत संसदीय दलको नेता बनाउने भएको छ । 

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएको छ । पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूके सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको छ । उक्त सहमति अनुमोदनका लागि १२ गते  केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।

१२ गते नै नवनिर्वाचित सांसदहरुको शपथपछि बालेनले प्रधानमन्त्रीको रुपमा चैत्र १३ गते शपथ लिने तयारी समेत भएको बताइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *