Tuesday, 21 April 2026
×
राजनीति
   

रेशम चौधरीको उम्मेदवारी खारेज

८ माघ २०८२, बिहिवार

रेशम चौधरीको उम्मेदवारी खारेज

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । 

निर्वाचन ऐन २०७४ अनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने हुँदा चौधरीविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाले उजुरी गरेका थिए ।

२०७२ असोजमा टिकापुर घटनामा आठ जना प्रहरी र एक नाबालकको हत्या गर्ने अभियोगमा चौधरीलाई तीनै तहको अदालतले जन्मकैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले पनि २०८० जेठ २ मा उक्त फैसला सदर गरेको थियो ।

चौधरीलाई २०८० जेठ १४ मा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ। 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :