Tuesday, 21 April 2026
×
राजनीति
   

रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

७ माघ २०८२, बुधवार

रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

धनगढी ।  नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारविरुद्ध उजुरी परेको छ । कैलाली-१ बाट मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी बदर गर्न  मागसहित नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डंगौराले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

टीकापर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए । निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश गर्न बिहीबारसम्मको समय दिएको बताएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :