Tuesday, 21 April 2026
×
राजनीति
   

राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

२१ माघ २०८२, बुधवार

राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किदै छन् ।

आइतबारदेखि जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले मंगलबार जापानी प्रधानमन्त्री तकाइची सनाय र सम्राट नारुहितोलगायतसँग राजकीय शिष्टाचार भेट गरेका थिए ।

सो अवसरमा उनले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन समेत गरेका थिए । साथै, पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका थिए ।

भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहको मन्त्रालयले जानकारी दिएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :