Sunday, 19 April 2026
×
राजनीति
   

राष्‍ट्रपति पौडेलबाट संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

१६ चैत्र २०८२, सोमवार

राष्‍ट्रपति पौडेलबाट संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले  संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । 

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चैत १९ गते बिहीबारका दिन २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *