Sunday, 19 April 2026
×
राजनीति
   

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदुत थम्प्सनको बिदाई भेट

२४ पुष २०८२, बिहिवार

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदुत थम्प्सनको बिदाई भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् ।

विहिबार शितल निवासमा राष्ट्रपति पौडेलसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :