राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा केन्द्रीय उप संयोजक नियुक्ति
२९ बैशाख २०८२, सोमवार
२९ बैशाख २०८२, सोमवार
काठमाडौ राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले आफ्नो संगठनात्मक संरचना थप सशक्त र प्रभावकारी बनाउनका लागि केन्द्रीय उप-संयोजक श्री गिर बहदुर बिश्वकर्म ( गोपल ज्युलाई नियुक्ति गरेको छ। संगठनको केन्द्रीय समिति ,पार्टी केन्द्रियको निर्णय गर्दै नयाँ नेतृत्व चयन गरिएको हो। नव नियुक्त उप-संयोजकले सामाजिक न्याय, समान अवसर र उत्पीडित वर्गको हक– समानताको सुनिश्चितताका लागि संगठनले अघि सारेको सिधाान्त, बिचार ,अभियानलाई अझ सशक्त बनाउने प्रतिवद्धता जनाएका छन्। उनले संगठनलाई देशभर विस्तार गर्दै उत्पीडन र बहु जातीय विरुद्धको चेतना फैलाउने र नीति निर्माण तहमा आवाज उठाउने प्राथमिकता रहने बताए। संगठनका केन्द्रीय संयोजक अम्मर परियार (आर्य)ले नयाँ उप संयोजकको अनुभव, प्रतिबद्धता र योगदानलाई मूल्यांकन गर्दै उक्त नियुक्ति संगठनको आगामी योजना कार्यान्वयनमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। संगठनले समावेशिता, समानता प्रजातन्त्र र लोकतान्त्रिक मूल्यको पक्षमा निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आएको छ। नयाँ नियुक्त उप -संयोजकलाई बधाई दिंदै पुर्व उप-प्रधानमन्त्री पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देङ ज्यु, पार्टीका अन्य पदाधिकारी ज्यू र संगठनका पदाधिकारी तथा शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यस नियुक्तिले संगठनभित्र नव ऊर्जा भर्नुको साथै उत्पीडित समुदायको समानताको पक्षमा अझ मजबुत आवाज उठाउने अपेक्षा गरिएको छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio