Sunday, 19 April 2026
×
राजनीति
   
समाज
   
समाचार
   
पत्रपत्रिकाबाट
   

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

१८ फागुन २०८१, आइतवार

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सभापति रवि लामिछानेका निकट मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अघिल्लो साता नेपाल फर्किने क्रममा उनी पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेको खुलेको छ। गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई जानकारीमा रहेको उक्त घटना एकसातासम्म गोप्य राखिएको थियो। थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्। उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीले जानकारी गराए। थापा लामो समयदेखि नेपाल अमेरिका ओहोरदोहोर गरिरहन्थे। रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएका थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि अमेरिका फर्किएका थिए। थापालाई के प्रकरणमा पक्राउ गरिएको भन्ने खुलेको छैन। अमेरिकी ग्रीनकार्ड भएको व्यक्तिले अस्वभाविकरुपमा कुनै देशमा ओहोर-दोहोर गरिरहेमा अमेरिकी अध्यागमनले नियन्त्रणमा लिएर गरेर सोधपुछ गर्ने गरेको एनआरएनएका पदाधिकारीले बताए। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको घेरामा रहेका रास्वपा सभापति रवि लामिछानेसँग थापाको निकट उठबस थियो। लामिछानेले सहकारीको रकम अमेरिका पठाएको आरोपमा प्रहरीले फरक कोणबाट अनुसन्धान गरिरहेको छ। अमेरिकामा लिलाम हुनै लागेको रविको घर निखन्न उक्त रकम प्रयोग भएको थापा निकट स्रोतको दाबी छ। रविले पठाएको उक्त रकम हुण्डीमार्फत अमेरिका लैजान थापाले सहजीकरण गरेको स्रोतको दाबी छ। यसअघि उपनिर्वाचनका बेला लामिछानेले अमेरिकामा रहेका मोहनजंग थापाको नाममा ५ करोड हुण्डी गर्न लगाएको रविकै व्यावसायिक साझेदार जीबी राईको तर्फबाट लेखिएको इमेलमा जिकिर गरिएको थियो। लामिछानेले गृहमन्त्री रहँदासम्म थापामार्फत पटक-पटक गरी १२ करोड रुपैयाँ अमेरिका पठाएको स्रोतको दाबी छ। थापा यसअघि अमेरिकामा सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको अभियोगमा जेलसमेत परेको खुलेको छ। पछिल्लो समय उनी अमेरिकी नागरिकता रद्द भएपछि ग्रीनकार्ड लिएर अमेरिकामा बस्दै आएका थिए। थापाको टिमले केहीमहिनाअघि राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणालाई बहिष्कारको आह्वान गरेपछि नेपाली समुदायमा गर्न लागिएको कार्यक्रम नै रद्द भएको थियो। पक्राउ परेका थापालाई अमेरिकी अध्यागमनले नेपाल फिर्ता पठाउने सक्ने नेपालको अध्यागमन विभाग स्रोतले बतायो। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासीविरुद्ध कठोर नीति लिएका छन्। अमेरिकामा गैरकानुनी बसिरहेका गैरअमेरिकीहरूलाई पक्राउ गरेर धमाधम उनीहरूकै देश फिर्ता गरिरहेका छन्

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Gallery