Sunday, 19 April 2026
×
राजनीति
   

सभामुखको मनोनयन दर्ता आज हुदै

२० चैत्र २०८२, शुक्रवार

सभामुखको मनोनयन दर्ता आज हुदै

काठमाडौँ । प्रतिनिधि सभाको सभामुखको मनोनयन दर्ता आज हुदैछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको निर्वाचनको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म संसद सचिवालयमा सभामुखको उम्मेदवारको मनोनयन दर्ता हुने छ । त्यस्तै आजै दिउसो साढे २ बजे उम्मेदारको नाम प्रकाशित हुने छ भने चैत्र २२ गतेको प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचनको प्रस्ताव पेश हुने सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सभामुखको निर्वाचन चैत्र २२ गते आइतबार बिहान ११ बजेको प्रतिनिधि सभाको बैठकमा हुने जानकारी दिएको छ ।

प्रतिनिधि सभामा रास्वपाको बहुमत रहेकाले रास्वपाले अगाडी सारेका उपसभापति डिपी अर्याल सभामुख बन्ने निश्चित रहेको छ ।  

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *