Sunday, 19 April 2026
×
राजनीति
   

सभामुखको निर्वाचन कार्यक्रम सार्बजनिक

१९ चैत्र २०८२, बिहिवार

सभामुखको निर्वाचन कार्यक्रम सार्बजनिक

काठमाडौँ । संघीय संसद सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको छ । 

सचिवालयका अनुसार सभामुखको निर्वाचन चैत्र २२ गते आइतबार बिहान ११ बजेको प्रतिनिधि सभाको बैठकमा हुने भएको छ ।

सचिवालयले सार्बजनिक गरेको तालिका अनुसार चैत्र २० गते बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म संसद सचिवालयमा मनोनयन दर्ता हुने छ । त्यस्तै सोहि दिन दिउसो साढे २ बजे उम्मेदारको नाम प्रकाशित हुने छ भने चैत्र २२ गतेको प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचनको प्रस्ताव पेश हुने सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा रास्वपाको बहुमत रहेकाले रास्वपाले अगाडी सारेका उपसभापति डिपी अर्याल सभामुख बन्ने निश्चित रहेको छ ।  

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Gallery