Sunday, 19 April 2026
×
राजनीति
   

सभामुखमा उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

१९ चैत्र २०८२, बिहिवार

सभामुखमा उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुखमा प्रस्ताव गर्ने निर्णय गरेको छ । 

विहिबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सभामुखको रुपमा अर्याललाई अगाडी सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सभामुखको निर्वाचन चैत्र २२ गते हुदैछ । प्रतिनिधि सभामा रास्वपाको १८२ सिट रहेकाले अर्याल सभामुख बन्ने तय नै रहेको छ ।  

सभामुख बन्ने भएसँगै अर्यालले रास्वपाको साधारण सदस्यताबाट समेत राजीनामा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *