सभापति भएपछि गगन थापा पहिलो पटक शुक्रबार पार्टी कार्यालय जाने
८ माघ २०८२, बिहिवार
८ माघ २०८२, बिहिवार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार पार्टी कार्यालय सानेपा गएर कार्यभार सम्हाल्ने भएका छन् । थापाले शुक्रबार १ बजे सानेपा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको हो ।
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित भएका थापासहितको कार्यसमितिले कार्यभार सम्हाले लगत्तै कार्यसमितिको बैठक पनि बस्ने बताइएको छ । धेरै जस्तो केन्द्रीय समितिका सदस्यहरु निर्वाचनका लागि जिल्लामा भएकाले काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरु बैठकमा सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो । यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio