Thursday, 23 April 2026
×
राजनीति
   

सडक प्रयोगकै आधारमा ढुवानीमा शुल्क उठाउनु अनुचित- आशिका तामाङ

३ चैत्र २०८२, मंगलवार

सडक प्रयोगकै आधारमा ढुवानीमा शुल्क उठाउनु अनुचित- आशिका तामाङ

धादिङ । धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सडक प्रयोगकै आधारमा ढुवानीमा शुल्क उठाउनु अनुचित भएको बताएकी छन् ।

उनले यस्तो शुल्क उठाउने व्यवस्था कति न्यायोचित हो भन्ने प्रश्न उठाउँदै अबदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने घोषणा गरेकी छन् ।

सांसद तामाङले यसबारे सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै यदि कसैले अवैध रूपमा शुल्क उठाएको पाइएमा कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएकी छन् ।

उनले भनेकी छन्- 'ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायचित हो ? आज बाट मलेखु बाट ताल्ती सम्म जाने कुनै पनि सवारी साधन ले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउछु र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउछु ।'

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *