Tuesday, 21 April 2026
×
राजनीति
   

सडककै नजिक रहेर सिक्न चाहन्छु, चुनाव लड्दिन- रक्षा बम

६ माघ २०८२, मंगलवार

सडककै नजिक रहेर सिक्न चाहन्छु, चुनाव लड्दिन- रक्षा बम

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले चुनाव नलड्ने बताएकी छन् । उनले आफु यो फागुन २१ को चुनाव नलड्ने हिजो पनि प्रष्टै थियो र आज पनि प्रष्टै रहेको बताएकी छन् । 

रक्षालाई उम्मेदवार बन्न रास्वपा र नेपाली काँग्रेसले प्रस्ताव गरे भएपनि उनले चुनाव नलड्ने निर्णय गरेकी हुन् । 

उनले भनेकी छन्- 'सडक सधैं मेरो लागि नजिक छ। मेरो कन्भिक्सन आन्दोलन हो। स्थान भुइँमान्छेहरूकै वरपर हो । म यो फागुन २१ को चुनाव नलड्ने हिजो पनि प्रष्टै थियो, आज पनि प्रष्टै छ । मेरा लागि सडक एउटा विश्वविद्यालय हो, र म अझै सडककै नजिक रहेर सिक्न चाहन्छु । मेरो राजनीतिक यात्राप्रति सद्भाव र शुभेच्छा राख्नुहुने नयाँ दल रास्वपा र नयाँ नेपाली कांग्रेसप्रति साधुवाद ।' 

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :