Thursday, 23 April 2026
×
राजनीति
   

सिंगापुरबाट हङकङ गए देउवा दम्पति

७ चैत्र २०८२, शनिवार

सिंगापुरबाट हङकङ गए देउवा दम्पति

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् ।

सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको बताइएको छ । स्रोतका अनुसार हङकङमा पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ ।

देउवा निर्वाचन अघि फागुन १३ गते राति उपचारको फलोअपका लागि सिंगापुर गएका थिए । देउवा पत्नी आरजु राणा देउवा भने त्यसको तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटाई खाएका देउवा दम्पति उपचारका लागि कार्तिक १० मा सिंगापुर गएका थिए । त्यसपछि उनीहरु कार्तिक २८ मा स्वदेश फर्किएका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *