सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय
१ चैत्र २०८२, आइतवार
१ चैत्र २०८२, आइतवार
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्न दुई दिने केन्द्रीय समीक्षा बैठक सम्पन्न गरेको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य, उम्मेदवार तथा प्रदेश र जिल्ला संयोजकहरूको सहभागिता रहेको थियो ।
बैठकमा सीमित समय, न्यून स्रोतसाधन र प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि पार्टीले देशभर सम्मानजनक मत प्राप्त गर्न सफल भएको निष्कर्ष निकालिएको छ।
छलफलमा आगामी दिनमा संगठन विस्तार, सदस्यता वृद्धि, जनसम्पर्क सुदृढीकरण र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णय गरिएको पार्टीले जनाएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio