Thursday, 23 April 2026
×
खेलकुद
   

सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

५ माघ २०८२, सोमवार

सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौँ । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा सेनेगलले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

सेनेगलको जितमा खेलको ९४औं मिनेटमा पेप ग्वेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरक्त समय खेलाइएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा नै सेनेगलले गोल गरेको थियो ।

 

यो सेनेगलको अफ्रिका कप अफ नेसन्सको दोस्रो उपाधि हो । यसअघि सेनेगलले २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । त्यस्तै २००२ र २०१९ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

त्यस्तै मोरक्कोले भने १९७६ मा एक पटक उपाधि जितेको थियो भने त्यसयता अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । यसअघि मोरक्को २००४ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :