शहिदले देखाएको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा अगाडी बढ्नुपर्ने नविन पुस्ताको दायित्व हो- सभापति थापा
१६ माघ २०८२, शुक्रवार
१६ माघ २०८२, शुक्रवार
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले शहीदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु नवीन पुस्ताको दायित्व भएको बताएका छन् ।
सभापति थापाले शहिद दिवसको अवसरमा श्रद्धासुमन व्यक्त गर्दै शहिदहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेको बताएका छन् ।
उनले भनेका छन्- 'नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र संघर्षहरूमा आफ्नो अमूल्य जीवन आहुति दिनु हुने सम्पूर्ण वीर शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँहरूले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका छौं ।'
सभापति थापाले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ भन्दै वीर शहीदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु हाम्रो र नवीन पुस्ताको दायित्व भएको बताएका छन् । उनले आज शहीद दिवसका अवसरमा उनीहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै शहीदका सपना पूरा गर्ने र उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रण गरेका छन् ।
उनले भनेका छन्- 'नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्दै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्य पूरा गर्न आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौं ।'
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio