टी- २० विश्वकप खेल्ने न्यूजील्याण्डको टिमको घोषणा
२३ पुष २०८२, बुधवार
२३ पुष २०८२, बुधवार
काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२६ को लागि न्युजिल्याण्डको टिम घोषणा गरिएको छ ।
अनुभवी १५ सदस्यीय ब्ल्याक क्याप्स टोलीमा फास्ट बलर ज्याकब डफीलाई समावेश गरिएको छ। ३१ वर्षीय ज्याकब टोलीमा एक मात्र खेलाडी हुन् जो पहिलो पटक सिनियर विश्वकप खेल्नेछन् । न्यूजील्याण्डको कप्तानी मिचेल सान्टनरले गर्नेछन्, जो आफ्नो नवौं सिनियर आईसीसी प्रतियोगितामा खेल्नेछन् ।
विश्वकपमा न्यूजील्याण्ड अफगानिस्तान, क्यानडा, दक्षिण अफ्रिका र युएईसँगै समूह डी मा राखिएको छ । न्यूजील्याण्डले फेब्रुअरी ८ मा चेन्नईमा अफगानिस्तानविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । त्यस्तै दोस्रो खेल युएईविरुद्ध फेब्रुअरी १० मा चेन्नईमा, तेस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध फेब्रुअरी १५ मा अहमदाबादमा र चौथो खेल क्यानडाविरुद्ध फेब्रुअरी १७ मा चेन्नईमा खेल्ने तालिका छन् ।
टी-२० विश्वकपको लागि न्यूजील्याण्डको टिम: मिचेल सान्टनर (कप्तान), फिन एलेन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे, ज्याकब डफी, लोकी फर्गुसन, म्याट हेनरी, डेरिल मिचेल, एडम मिल्ने, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, टिम सेफर्ट र इश सोढी ।
आईसीसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुदैछ । यस टी–२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio