टी-२० विश्वकप: नेपालको पहिलो खेल आज, इङल्याण्डको सामना गर्दै
२५ माघ २०८२, आइतवार
२५ माघ २०८२, आइतवार
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ ।
मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो ।
विश्वकप अन्तरगत आज बिहान ११: १५ बजेदेखि समुह डी को अफगानिस्तान र न्यूजील्याण्डबीच खेल हुदैछ भने आजै राति ७: १५ बजेदेखि समुह बि अन्तर्गतको श्रीलंका र आयरल्याण्डबीच खेल हुने तालिका रहेको छ ।
नेपालले यसअघि २०२४ को विश्वकपमा १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको थियो । नेपालले त्यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो । गत विश्वकपमा नेपालले ४ खेलमा ३ खेलमा हर बेहोरेको थियो भने एक खेलको नतिजा नआउदा अंक बाडेर समुह चरणबाटै बाहिरिएको थियो । नेपाल दक्षिण अफ्रिकासँग केवल १ रनले पराजित भएको थियो बंगलादेशसँग २१ रनले हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको नेपाल श्रीलंकासँगको खेल बर्षाले हुन नसक्दा अंक बाँडेको थियो ।
नेपालले यस पटक तेस्रो पटक विश्वकपमा सहभागिता जनाउदैछ । यस विश्वकपमा नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदैछ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।
नेपालको समूह सी मा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, १५ मा वेष्ट इण्डिजसँग र १७ मा स्कटल्याण्डसँग खेल्ने रालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio