Sunday, 19 April 2026
×
राजनीति
   

तिब्बतको निर्वासित सरकारले दियो प्रधानमन्त्री बालेनलाई बधाई

१५ चैत्र २०८२, आइतवार

तिब्बतको निर्वासित सरकारले दियो प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौँ । तिब्बतको निर्वासित प्रशासनका प्रमुख पेनपा छेरिङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । धर्मशालाबाट पठाएको बधाई सन्देशमा उनले शाहलाई सन्देश पठाउँदै सफल कार्यकालको कामना गरेका हुन् ।

उनले पछिल्लो युवापुस्ताले नेतृत्व गरेको आन्दोलनपछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्नु नेपाली जनताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् । बधाई सन्देशमा विशेषगरी युवापुस्ताको चाहना र विश्वासलाई यसले प्रतिनिधित्व गरेको उनको भनाइ छ ।

सन्देशमा नेपाल र तिब्बतबीचको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्ध लामो समयदेखि कायम रहेको उल्लेख गरिएको छ । तिब्बतमा भएको कब्जापछि नेपालमा शरण लिएका तिब्बती समुदायले यहाँको सामाजिक र आर्थिक क्षेत्रमा योगदान दिँदै आफ्नो पहिचान जोगाइरहेको पनि उनले बताएका छन् ।

त्यसका लागि नेपाल सरकार र नेपाली जनताको उदारताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा दुवै पक्षबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले सन्देशको अन्त्यमा प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने आशा व्यक्त गरेका छन् ।

तिब्बतको निर्वासित सरकारले यसअघि सुशिला कार्की प्रधानमन्त्री हुदा समेत बधाई तथा शुभकामना दिएको थियो 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *