टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन होस्, मलाई चाहिदैन- योगेश भट्टराई
५ माघ २०८२, सोमवार
५ माघ २०८२, सोमवार
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सोमबार भिडियो सन्देश जारी गर्दै टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न आग्रह गरेका हुन् ।
एमालेले भट्टराईलाई यस पटक टिकट दिएको छैन । गत निर्वाचनमा ताप्लेजुङबाट विजयी भएका भट्टराईको क्षेत्रमा यस पटक भने युवा संघका अध्यक्ष क्षितिज थेवेलाई टिकट दिइएको छ ।
उनले भनेका छन्- 'म ताप्लेजुङबाट चुनाव लड्न इच्छुक थिए तर पार्टी अध्यक्षले टिकट दिएर पठाएपछि अब मैले किचलो गर्दिन ।'
भट्टराईले अब आफ्नो लागि टिकटको माग नगर्ने भन्दै देशका विभिन्न क्षेत्रमा असन्तुष्ट देखिएकाहरुको असन्तुष्टि सम्बोधन गर्न आग्रह गरेका छन् ।
साथै उनले एमालेका सबै कार्यकर्तालाई जसले टिकट पाएपनि पार्टीका उम्मेदवारलाई जिताउन लाग्न अपिल गरेका छन् । उनले पार्टीका फरक मत चुनाव पछि छलफल गर्ने स्पष्ट गरेका छन् । आफुले आफ्ना फरक मतको विषयमा चुनावपछि छलफल गर्ने अध्यक्षलाई समेत बताएको उल्लेख गरेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio