तीन मन्त्रीबाट प्रधानमन्त्रीको निर्देशनको अवज्ञा, पुराना दल बिर्साउने सत्ता मोह !
२३ पुष २०८२, बुधवार
२३ पुष २०८२, बुधवार
काठमाडौँ । पार्टी राजनीति गरेर सरकारमा रहेका तीन मन्त्रीले पार्टी राजनीति गरेर नागरिक सरकारलाई मजाकको विषय बनाएका छन् । उर्जासहित तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले आफ्नो कर्तव्य विर्सेर रास्वपाको राजनीति गरेपछि नागरिक सरकार विवादमा परेको हो ।
रास्वपाको उपसभापति बन्ने सहमति गरेका कुलमान घिसिङले त पुराना दलको सत्ता मोहलाईनै बिर्साउने गरि आफु कुनै दलको सदस्य नबनेको सम्म भनेका छन् । तत्कालिन उज्यालो नेपाल पार्टीका संरक्षक भनेर आफलाई चिनाउने कुलमानले उज्यालो गठन हुनु अघि पनि मन्त्री पदमा रहिरहन पटक पटक आफु कुनै दलमा संलग्न नरहेको भन्दै सामाजिक सञ्जालमा लेखेर भ्रम फैलाएका थिए ।
त्यस्तै खेलकुदमन्त्री रहेका गुप्ता पटक पटक रास्वपा र बालेन शाहबीच हुने छलफलमा सहभागी रहेका छन् भने दुवैबीचको सहमतिमा समेत उपस्थित रहेका छन् ।
त्यस्तै सञ्चारमन्त्री जगदीश खरेलले पनि रास्वपा र बालेन शाहबीचको सहमतिपछि नयाँ बिहानीको शुरुवात भन्दै स्वागत गरेर आफु पनि राजनीतिमा जाने संकेत गरेका थिए । उनी पनि रास्वपाबाट प्रत्यक्षमा उम्मेदवार बन्ने चर्चा व्यापक रहेको छ ।
अझ रोचक के छ भने तिनै मन्त्रीलाई प्रधानमन्त्री सुशिला कार्कीले यो नागरिक सरकार भएकाले दलमा राजनीति गर्न नमिल्ने भन्दै राजीनामा दिन समेत भनिसकेको अवस्थामा तिनै जनाले यसलाई बेवास्ता गरेका छन् । कुलमानसहितका मन्त्रीहरु चुनाव केन्द्रीत भएर दलका गतिविधिमा बढी समय बिताउन थालेको र सरुवा बढुवादेखि ठेक्का तथा नीतिगत निर्णयमा बढी चासो दिन थालेपछि प्रधानमन्त्री कार्कीले मुख नै खोलेर राजीनामा दिन भनेकी हुन् ।
पुराना दलको सत्ता केन्द्रित राजनीतिबाट वाक्क भएर भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारका मन्त्रीहरुले आफ्नो कर्तव्यपालनको सामान्य विषय पनि हेक्का नाराखेर पदमा रहिरहनु अस्वीकार्य मात्र होइन निष्पक्ष निर्वाचन हुनेमा पनि आशंका उब्जाएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio