Sunday, 19 April 2026
×
राजनीति
   

दुई महामन्त्रीलाई पार्टीमा घेराबन्दी गरियो- गगन थापा

२३ पुष २०८२, बुधवार

दुई महामन्त्रीलाई पार्टीमा घेराबन्दी गरियो- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री गगन थापाले राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग गर्ने तालमेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले महामन्त्रीहरुलाई हेप्ने र मानमर्दन गरिएको आरोप लगाएका छन् । उनले भने- आजको बैठकमा उम्मेदवार छान्ने भनियो । तर रोचक के भयो भने उम्मेदवार मनोनयन मात्र दर्ता गर्न गइसके । यसरी केन्द्रीय समिति, पदाधिकारी र संसदीय बोर्डको मानमर्दन यसअघि कहिल्लै भएको छैन । एमालेसँगको तालमेलमा नेताहरुले आफ्नो खल्तीका कसलाई नेता बनाउने भन्ने तय गरेर सोहि अनुसार क्लस्टर भागबण्डा गरिएको छ ।'

थापाले आफुले बैठकमा फरक मत राखेको जानकारी दिदै सभापति बैठकमा नआएको तर एकदुई जना नेतालाई आफ्नो घरमा राखेर निर्णय गरेको आरोप लगाएका छन् ।

उनले दुई महामन्त्रीलाई पार्टीमा घेराबन्दी गरिएको बताउदै बैठकमा आफुहरु कार्यकर्ताको बीच जाने विषय राखेको बताएको जानकारी गराए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :