Thursday, 23 April 2026
×
राजनीति
   

दोलखाको मालुमा मतदान रोकियो, सुचारु गर्न सर्बदलीय छलफल

२१ फागुन २०८२, बिहिवार

दोलखाको मालुमा मतदान रोकियो, सुचारु गर्न सर्बदलीय छलफल

दोलखा । दोलखाको मालुमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । एमाले र रास्वपाका कार्यकर्ताले कांग्रेस र नेकपाले फर्जी प्रतिनिधि घुसाएर मतदाताको हातबाट मतपत्र खोस्दै एकलौटी मतदान गरिरहेको आरोप लगाएपछि विवाद बढेको थियो ।

अहिले सर्वदलीय बैठक बोलाइएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *