दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र
४ माघ २०८२, आइतवार
४ माघ २०८२, आइतवार
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
प्रसाईले गगन थापालाई नेपाली काँग्रेसको आधिकारिकता दिन ५२ करोड रकम लेनदेन गरेको आरोप लगाएपछि आयोगले प्रसाईंमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ब्युरोलाई पत्राचार गरेको हो ।
सामाजिक सञ्जालमा प्रसाईले लगाएको आरोप बारेको भिडियोका आधारमा आयोगले निर्णय गरी अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको जनाएको छ ।
गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेपछि प्रसाईले शनिबार आयोगले पैसा लिएर निर्णय गरेको आरोप लगाएका थिए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio