Tuesday, 21 April 2026
×
राजनीति
   

देश र मधेशलाई भएको अन्यायको हिसाब लिन्छौं- रवि लामिछाने

५ माघ २०८२, सोमवार

देश र मधेशलाई भएको अन्यायको हिसाब लिन्छौं- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहले देश बनाउने बताएका छन् ।

सोमबार जनकपुरधाममा रास्वपाको 'परिवर्तन उद्घोष सभा' मा सम्बोधन गर्दै लामिछानेले बालेन शाहले देश बनाउछ भन्ने लागेर सहकार्य गरेको बताएका हुन् ।

बालेनसँगको सहमतिको प्रसंग निकाल्दै लामिछानेले आफुहरु बीच पाँच मिनेटमा नै कुरा मिलेको दाबी गरेका छन् ।   

उनले अहिलेसम्म देश र मधेशलाई भएको अन्याय भएको भन्दै अब त्यसको हिसाब लिने बताए । 

उनले रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने दाबी गर्दै पुराना दलहरुप्रति कुनै प्रतिशोध नसाध्ने बताए । उनले प्रतिशोध नासाधेपनि अहिलेसम्म देश लुटेको हिसाब भने गर्ने चेतावनी दिए ।

कार्यक्रममा बालेन शाहले मैथिली भाषामा सम्बोधन गरेका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :