Sunday, 19 April 2026
×
राजनीति
   

देउवा र लिङदेनबीच भेटवार्ता

२३ पुष २०८२, बुधवार

देउवा र लिङदेनबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । 

बुधबार देउवा निवासमा पुगेर राप्रपा अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निमन्त्रणा गरेको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सो अवसरमा देउवा र लिङदेनबीच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :