Sunday, 19 April 2026
×
राजनीति
   

उज्यालोसँग एकता भंगपछि रास्वपाले गर्यो आयोगमा समानुपातिक सूची अध्यावधिक

२७ पुष २०८२, आइतवार

उज्यालोसँग एकता भंगपछि रास्वपाले गर्यो आयोगमा समानुपातिक सूची अध्यावधिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगमा यसअघि बुझाएको समानुपातिक सूचीलाई अध्यावधिक गरेको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आइतबार बिहान आयोग पुगेर बन्दसूची अद्यावधि गरेको हो ।

उज्यालो नेपाल पार्टीसँग एकता भंग भएपछि रास्वपाले समानुपातिक सूची अध्यावधिक गरेको छ । प्रवक्ता झाले भनेका छन्- 'राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूचि आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ ।'

रास्वपाले यसअघि निर्वाचन आयोगमा बुझाएको सूचीमा उज्यालोका १४ जना उम्मेदवार समावेश थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :