Thursday, 23 April 2026
×
राजनीति
   

वाम एकताको हल्ला बारे गोकुल बास्कोटाको टिप्पणी

११ चैत्र २०८२, बुधवार

वाम एकताको हल्ला बारे गोकुल बास्कोटाको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले फेरि वाम एकताको रोग चल्न शुरु भएको बन्दै कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अहिले वाम एकताको कुरा उठ्नु उचित नभएको बताउदै आन्दोलनको पुनजागर भित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु सहि हुने टिप्पणी गरेका छन् ।

बास्कोटाले केवल कागजी वा सतही एकताले जनता र समर्थकको विश्वास जित्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- 'फेरि वाम एकताको राग चल्न लागेछ । यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छले मसीको प्रमाण खोज्न हिडे झै फोहर गरेपछि दैलो देखे जस्तै हो । आन्दोलनको पुनजागर भित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु वेस । मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन ।'

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *