विनोद चौधरीले गराए नवलपरासी पश्चिमबाट उम्मेदवारी दर्ता
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपरासी पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । पछिल्लो चुनावमा सोहि क्षेत्रबाट चुनाव जितेका चौधरी यस पटक पनि उम्मेदवार बनेका हुन् ।
चौधरी नेपाली काँग्रेसमा परिवर्तनको पक्षमा उभिदै विशेष महाधिवेशनमा सक्रिय रुपमा सहभागी भएका थिए ।
उनले उम्मेदवारी दर्ता पछि भनेका छन्- 'म राजनीतिक परिवर्तनको पक्षमा छु । आर्थिक रुपान्तरणको पक्षमा छु । र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु । म यहाँबाट निर्वाचित भएको तीन बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ । हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरि नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ । यस अभियानलाई पूर्णता दिन आवस्यक छ ।'
गत निर्वाचनमा चौधरीले २९ हजार ५१९ मत प्राप्त गरेर जित हासिल गरेका थिए । उनले जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीलाई ७ हजार १९१ मत अन्तरले पराजित गरेका थिए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio