Sunday, 19 April 2026
×
राजनीति
   
भिडियो
   
समाज
   

वीर गोर्खाली अनलाइन टिभीमा सादा पोशाकका प्रहरी प्रवेश, सञ्चार स्वतन्त्रतामाथि प्रश्न

१६ चैत्र २०८१, शनिवार

वीर गोर्खाली अनलाइन टिभीमा सादा पोशाकका प्रहरी प्रवेश, सञ्चार स्वतन्त्रतामाथि प्रश्न

काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित वीर गोर्खाली अनलाइन टिभी को कार्यालयमा सादा पोशाकका प्रहरी परिचालित भई कर्मचारीलाई आतंकित पार्ने घटना सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार, प्रहरी टोलीले टिभीको कार्यालयभित्र प्रवेश गरी मनोज सपकोटाको फोटो देखाउँदै उनको खोजी गरिरहेको थियो। सञ्चारगृहभित्र यसरी प्रहरीको उपस्थितिले सञ्चारकर्मीहरू भयभित भएका छन्। प्रशासनको गैरजिम्मेवारी रवैया सञ्चारमाध्यम नागरिकका सवालहरू उठाउने चौथो अंग हो। स्वतन्त्र रूपमा समाचार प्रकाशन तथा प्रशारण गरिरहेका सञ्चारगृहमा बिना अनुमति यसरी प्रहरी प्रवेश गर्नु प्रेस स्वतन्त्रतामाथि आक्रमणको संकेत हो। सरकारले प्रेस स्वतन्त्रताको सम्मान गर्ने दाबी गरिरहे पनि यस्ता घटनाले पत्रकारिता क्षेत्रमा त्रासको वातावरण सिर्जना हुने विज्ञहरू बताउँछन्। यो घटनाले नेपालमा पत्रकारिता कत्तिको स्वतन्त्र छ भन्ने विषयलाई पुनः बहसमा ल्याएको छ। यदि कुनै अनुसन्धान आवश्यक नै छ भने, त्यसका लागि कानूनी प्रक्रिया अपनाइनु पर्ने हो, तर पत्रकार र सञ्चारकर्मीलाई आतंकित पार्ने गतिविधि राज्यको गैरजिम्मेवारी रवैया दर्शाउँछ। प्रेस स्वतन्त्रता कुण्ठित नगर्न आग्रह यस घटनाप्रति नेपाल पत्रकार महासंघ लगायतका सम्बन्धित निकायहरूलाई ध्यान दिन आवश्यक देखिन्छ। प्रेस स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक देशको आधारभूत तत्व हो, र कुनै पनि बहानामा त्यसलाई कमजोर पार्न खोज्नु अस्वीकार्य छ। सरकार र सुरक्षा निकायले वीर गोर्खाली अनलाइन टिभीमा भएको प्रहरी प्रवेशबारे स्पष्टिकरण दिनुपर्ने र सञ्चार स्वतन्त्रताको सम्मान सुनिश्चित गर्नुपर्ने माग उठेको छ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *