Sunday, 19 April 2026
×
राजनीति
   

विशेष महाधिवेशनमा सबै नेताहरुलाई सहभागी गराउन प्रयत्न गरिरहेका छौं- चन्द्र भण्डारी

२६ पुष २०८२, शनिवार

विशेष महाधिवेशनमा सबै नेताहरुलाई सहभागी गराउन प्रयत्न गरिरहेका छौं- चन्द्र भण्डारी

काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनमा सबै नेताहरु सहभागी हुने वातावरण बनाउन आफुहरु लागिरहेको बताएका छन् ।

विशेष महाधिवेशन बारे आफ्नो धारणा सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले आफुहरु पार्टी सभापति शेरबहादुर देउवासहितका सबै नेताहरुलाई विशेष महाधिवेशनमा भाग लिने वातावरण बनाउन लागेको बताए । उनले विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रुपमा बदलेर जान सकिने विषयमा नेताहरुबीच छलफल भइरहेको बताए ।

पत्रकार सम्मेलनमा अर्का नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनको अन्तिम समय पनि सबै नेताहरु सहभागी हुने दाबि गरे । आफुहरु पार्टी एकता कायम राख्न छलफलमा रहिरहेको बताउदै यसको सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :