विश्वकप ग्लोबल क्वालिफार्यस: नेदरल्याण्डसले नेपाललाई दियो १४१ रनको लक्ष्य
८ माघ २०८२, बिहिवार
८ माघ २०८२, बिहिवार
काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेदरल्याण्डसले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
समुह बी अन्तर्गतको यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको हो ।
नेदरल्याण्डसका लागि कप्तान बाबेट डे लिड्सले सर्बाधिक ४९ रन बनाएकी थिइन् भने स्टेरे कालिसले ३० रन बनाएकी थिइन् ।
त्यस्तै नेपाली बलर रुबिना क्षेत्रीले २ विकेट लिएकी थिइन् भने सोमु बिष्ट, पुजा महतो र रिया शर्माले एक एक विकेट लिएका थिए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio