Sunday, 19 April 2026
×
राजनीति
   

विध्वंसका योजनाकार र मतियारहरुलाई नबिर्सिने महासचिव पोखरेलको चेतावनी

१४ पुष २०८२, सोमवार

विध्वंसका योजनाकार र मतियारहरुलाई नबिर्सिने महासचिव पोखरेलको चेतावनी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक दिनमा यति ठुलो विध्वंसका योजनाकार र मतियारहरुलाई नबिर्सिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले जनताको आन्दोलनले एक दिनमा यति ठुलो क्षति हुनै नसक्ने भन्दै जेनजीका नाममा नेपाली नव युवाहरुमाथि षड्यन्त्रको आरोप लगाइएको दाबि गरेका छन् ।

उनले भनेका छन्- 'एक दिनमा यत्रो क्षति !! जनताको आन्दोलन यस्तो हुन सक्दैन । कुनै पनि हालतमा, कुनै पनि बहानामा, यस्तो विध्वंसात्मक हुनै सक्तैन । त्यसमाथि  यत्रो षडयन्त्रको आरोप जेन्जीका नाममा नेपाली नव युवाहरुमाथि ? अह यस्तो हुनै सक्दैन !! हामी विर्सने छैनौ... हो, हामी विर्सने छैनौ यस विध्वंसका योजनाकार र मतियारहरुलाई !!!'

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :