यू-१९ महिला साफ च्याम्पियनसिप: आज दुई खेल हुदै, नेपालको सामना भुटानसँग
१९ माघ २०८२, सोमवार
१९ माघ २०८२, सोमवार
पोखरा । पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन् ।
आज पहिलो खेल बांग्लादेश र भारतबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच दिउँसो ३ बजेदेखि शुरु हुदैछ ।
यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल भारतसँग १-० गोलले र भुटान बंगलादेशसँग १२-० ले पराजित भएको थियो ।
यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देशले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जस अन्तर्गत प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् र शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio