Sunday, 19 April 2026
×
समाचार
   

पशुपतिमा अभद्र व्यवहार गर्ने एक युवक नियन्त्रणमा

६ फागुन २०८२, बुधवार

पशुपतिमा अभद्र व्यवहार गर्ने एक युवक नियन्त्रणमा

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजनसँग अभद्र व्यवहार गर्नुका साथै ड्युटीमा खटिएका राष्ट्रसेवक प्रहरी कर्मचारीको कर्तव्य पालनामा अवरोध पुर्‍याएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका- १३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार शिवरात्रि पर्वका कारण मन्दिर क्षेत्रमा ठूलो भीडभाड भएका बेला उनले अव्यवस्थित व्यवहार गर्दै सुरक्षामा खटिएको प्रहरी टोलीको काममा बाधा पुर्‍याएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :