Tuesday, 21 April 2026
×
समाचार
   

आज राष्ट्रिय भक्का दिवस मनाइदै

२९ पुष २०८२, मंगलवार

आज राष्ट्रिय भक्का दिवस मनाइदै

काठमाडौँ । आज राष्ट्रिय भक्का (भाक्का) दिवस मनाइदै छ । आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का (भाक्का) लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ । राजवंशी समाज विकास समितिले राष्ट्रिय भक्का दिवस मनाउँदै आएको छ । 

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको छ । 

पूर्वी तराईका राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ । भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन पनि छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ ।

कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालदेखि पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउँदै आएको बताइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :